d

अफगान राष्ट्रपति अशरफ घानी ताजकिस्तानको शरणमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजकिस्तानका लागि आइतबार उडेका हुन् ।

 

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । उनी भागेको पनि हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूले कब्जा गरेपछि राष्ट्रपति घानी राजीनामा दिनुपर्ने दबावमा थिए।


पछिल्लो समय तालिबान लडाकूहरुले देशका प्रमुख सहर सहित आधा भन्दा धेरै प्रान्त कब्जा गरिसकेका छन् । आइतबार बिहानैदेखि उनीहरु राजधानी काबुल प्रवेश गर्न थालेपछि राष्ट्रपति निकै दबावमा थिए । उनले नेटो र तालिबानसँग वार्तासमेत गरेका थिए ।

यसअघि घानीले अफगानिस्तान गम्भीर संकटमा रहेको प्रतिक्रिया दिएका थिए । आइतबार तालिबानको सक्रियता राजधानीमै हुन थालेपछि उनले आपतकालीन बैठक बोलाएर त्यसपछि देश नै छाडेका हुन् ।

पछिल्लो समय अफगानिस्तानमा अमेरिकी सेनाले छाडेपछि तालिबान लडाकूहरुले आफ्नो सक्रियता बढाउँदैआएको थियो । हाल संकटग्रस्त अवस्थामा रहेको अफगानिस्तानबाट अमेरिका, बेलायत लगायत देशले काबुलबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । 

अन्नपुर्ण पोस्ट

Views: