d

 राष्ट्रपति भन्दा राजानै दुरदर्शी- कमल थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अफगानी राष्ट्रपतिले देश छोडेर भागेको घटनाले राष्ट्रपति भन्दा राजा नै दुरदर्शी हुने बताएका छन्।

 

 गणतन्त्र स्थापना पश्चात राजा ज्ञानेन्द्रलाई पनि अफगानी राष्ट्रपति घानीलाई जस्तै संकट आएको स्मरण गर्दै अध्यक्ष थापाले देश छोडेर भाग्ने अफगानी राष्ट्रपति भन्दा र मुलुक मै बसेर संकटको सामना गर्ने राजा ज्ञानेन्द्र नै दुरदर्शी रहेको बताएका हुन्।  

 

सामाजिक संजालमा थापा लेख्छन्,'तालिवानी विद्रोहीले सत्ता कब्जा गर्नलाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो। '

Views: