d

दल विभाजनको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं। मन्त्रिपरिषद्को बैठक सकिएको छ। मंगलबार बिहान करिब साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो।

बैठकले पार्टी विभाजनलाई सहज बनाउन विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।

संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न कुनै एक कमिटीमा २० प्रतिशत भए पुग्ने अध्यादेश अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

एमाले र जसपाभित्र विवाद चर्किरहेको बेला सरकारले अध्यादेश ल्याउने गरेको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यस अगाडि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए। यसलाई हतार-हतारमा राष्ट्रिपतिबाट कहाँ पेस गरेर जारी गराइएको थियो। यसको चौतर्फी आलोचना भएपछि उनी यो फिर्ता लिएका थिए।

Views: