d

 सरकारले ल्याएको दल विभाजन अध्यादेश प्रति  डा. भट्टराई आक्रोशित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा समेत ओली  प्रवृत्ति देखिन थालेको बताएका छन्।   दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको भट्टराईले बताएका हुन् ।

 


संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको डा. भट्टराईको भनाइ छ ।

 


‘संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो । जसले गरे पनि यो गलत हो । लोकतन्त्रविरोधी हर्कत हो,’ डा. भट्टराईले अनलाइनखबरसँग भने, ‘यो कदम कुनै पनि हालतमा सह्य हुँदैन ।’

 

दल विभाजन सम्बन्धी अध्यादेशले लोकतन्त्रको हत्या गर्ने भन्दै डा. भट्टराईले लोभ राखिराख्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको प्रतिक्रिया दिएका छन्।  

 

ओली प्रवृत्तिकाविरुद्ध लडेर वैकल्पिक गठबन्धन निर्माण गर्न आफूहरुले भूमिका खेलेको तर यही गठबन्धनको सरकारले पुरानै प्रवृत्ति दोहो¥याउनु दुर्भाग्य हुने भट्टराईले बताए । अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने उनको भनाइ थियो ।

 

 

‘देउवाजीले अध्यादेश फिर्ता गर्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ,’ डा. भट्टराईले भने, ‘जुनसुकै व्यक्तिले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत नै हो ।’

 

 

देशमा अध्यादेशबाट राज चलाउन खोज्नु आफैंमा गलत भएको भट्टराईको भनाइ थियो । ‘ओली, देउवा र मैले नै यो काम गरे पनि गलत हो । लोकतन्त्र बचाउन लडेका हौं, यसैको उपहास हुन दिन्नौं,’ डा. भट्टराईले भने, ‘कसैलाई क्षणिक फाइदा पनि पुग्दा तर दीर्घकालीन रुपमा घातक नै हुने छ ।’

 

 

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशले गठबन्धन कायमै रहने भए पनि आफ्नो विरोध रहने भट्टराईले बताए । ‘अग्रगामी गठबन्धनबाट फेरि प्रतिगामी कदम चालिन्छ भने म विरोध गर्छु,’ भट्टराईले भने, ‘अध्यादेशले मुलुकलाई अस्थिरतातिर लैजान्छ ।’ 

Views: