d

हिमाली मा. वी. ले ल्यायो कक्षा ११ मा  फेसन डिजाइन, कानुन र होटल म्यानेजमेन्टका कोर्षहरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित गेउरिया चौकमा रहेको द साइनिङ पाथ एकेडेमी प्रा. ली. द्वारा संचालित हिमाली माध्यामिक बिद्यालयले कक्षा ११ र १२ को लागि फेसन डिजाइन, कानुन, होटल म्यानेजमेन्ट, लगायतका संकायहरु सञ्चार गर्ने भएको छ । एस ई ई उतिर्ण गर्ने  विद्यार्थीहरुलाई लक्षित गरि व्यवसायिक दक्षता हासिल गराउने उद्देश्यले  कक्षा ११ र १२ मा व्यवसायिक सिकाइमा आधारित कक्षाहरु सञ्चालन गर्न लागेको हो ।

 

नयाँ विषयहरु सहितको कक्षा संचालनको लागि अन्तिम तयारी सम्पन्न गरिए संगै पत्रकार सम्मेलन मार्फत बिद्यालयले आफ्ना महत्त्वपूर्ण शैक्षिक योजनाहरु प्रस्तुत गरेको छ ।

 

दमक स्थित 'कात्यायनी इन' होटलको सभाहलमा आयोजना गरिएको बृहत पत्रकार भेटघाट कार्यक्रममा बिद्यालयका संस्थापक तथा निर्देशक जीवन सापकोटाले स्थानीय क्षेत्रमा रहेर शैक्षिक सेवामा संलग्न रहेको हिमाली मा. वी. ले व्यवहारिक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित ११ र १२ का कक्षाहरु सन्चालन गर्न लागेको जानकारी गराए ।

 

 

हिमाली मा. वी. मा शुरु गर्न लागेको शैक्षिक योजना मुलुककै लागि उदाहरणीय बन्न लागेको सापकोटाको दावी छ ।

 


शैक्षिक क्रान्तिको सुरुवातको रूपमा महत्वाकांक्षी शैक्षिक योजना ल्याइएको भन्दै उनले बढ्दो शैक्षिक बेरोजगारीको अन्त्य गर्न बिद्यालय प्रशासनले बिद्यार्थीहरुको ज्ञान र क्षमताको मनोबैज्ञानिक अध्ययन गरि जीवनोपयोगी शिक्षा प्रदान गर्ने बताए ।

 

 

हिमाली बिद्यालयको शैक्षिक योजनाले शैक्षिक क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे ।

 

नेपालका बिद्यालयहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री भएको भन्दै शिक्षकको सम्मान नहुन्जेल सम्म शिक्षा क्षेत्रमा सुधार ल्याउन नसकिने जिकिर गरे ।

 

'विश्वमा जहाँ बौद्धिकता छ, त्यहाँ शिक्षक माथी बढी सम्मान छ ।', सापकोटाको भनाई रहेको छ ।

 

के छन् हिमालीका फरक विशेषता ?

 

कक्षा ११ र १२ मा समान शुल्क निर्धारण, ११ मा एजुकेसन शंकायलाई ६ वटा विषयमा पढाई हुने,  A+ ल्याएर उतिर्ण बिद्यार्थीलाई एक थान ल्यापटप सहित निशुल्क शिक्षा प्रदान गर्ने, कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीलाई निजले अध्ययन गर्दैगरेको  बिषयमा आधारित रोजगारीको व्यवस्था गरिने, आदि सुबिधा प्रदान गरिएको बिद्द्यालयको भनाई रहेको छ।  

 

 

अन्य बिद्यालय भन्दा किन फरक ?


सो अवसरमा हिमाली मा. वी. ले. ब्रेन बुस्टर एजुकेसन फाउन्डेसनका सि.इ.ओ. अच्युत गौतमलाई  प्रीन्सिपलको जिम्मेवारी प्रदान गरेको बताइएको छ ।

 

शिक्षामा डाक्टरिय पद्धतिका अन्वेषक गौतम अवको शिक्षालाई तेस्रो पुस्ताको शिक्षाको रूपमा बिकास गराउनुपर्ने मान्यता राख्छन् ।

 


पहिलो पुस्ताको शिक्षाको मुख्य उद्देश्य अंग्रेजी विषयलाई प्राथमिकतामा राखिएको  बताउने गौतम भवन, गाडी र इन्फास्ट्रक्चरमा खर्च गर्ने बिद्यालयले दोश्रो पुस्ताको शिक्षा दिएको र अवको शैक्षिक विकासमा शिक्षण मेथेडोलोजीमा परिवर्तन गरिनु तेस्रो पुस्ताको शिक्षा हो भन्ने उनको बुझाई छ ।

 


राम्रो जि. पि. ए. ले मात्र विद्यार्थीको क्षमता मापन गर्नु गलत भएको तथा  होलस्टिक डेभलपमेन्टबाट अगाडी बढ्नु आजको आवस्यकता रहेको गौतमको भनाइ छ
सामुहिक शिक्षण पद्धति विस्थापित गर्दै विद्यार्थीको व्यक्तिगत क्षमताको अध्ययन गरेर पढाउदा हरेक बच्चा अब्बल रहने बताउछन् र सोही बमोजिमको शिक्षा प्रणाली हिमालीमा सुरु गर्न लागिएको उनको भनाइ छ ।

 

 


हिमाली उत्कृष्ट पत्रकार पुरस्कार /पुस्तकालयमा  २० लाखको शेयर

 

यसै विच हिमाली मा. वी. ले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कर राशी रहेको हिमाली उत्कृष्ट पत्रकार पुरस्कारको घोषणा गरिएको छ । त्यसैगरी बिद्यालयले दमकमा स्थापित रहेको दमक पब्लिक लाइब्रेरीमा - २० लाखको शेयर समेत हस्तान्तरण गरिएको छ ।

Views: