d

राष्ट्रिय युवासंघ नेपालको कमल ५ वडा कमिटि गठन, अध्यक्षमा अनिल धिमाल (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय युवा संघ नेपालको कमल गाउँ कमिटि अन्तर्गत वडा न ५ को वडा कमिटि गठन गरिएको छ।


अनिल धिमालको अध्यक्षतामा २५ सदस्यीय समिति घोषणा गरिएको हो।

 

सितापुरी स्थित सभाहलमा औपचारिक कार्यक्रम विच घोषणा गरिएको समितिको उपाध्यक्षमा गौरभ मुखिया, सचिव खगेन्द्र घिमिरे, सह-सचिबमा निर्मल मगर , कोषाध्यक्षमा अन्जनिका राई रहेका छन्।  


  
कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि मेनुका काफ्ले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी भित्र देखिको व्यथितिको अन्त्य गर्न युवा संघको भूमिका उच्च रहने बताईन्।  युवाहरुले मात्र देशको सर्वाङ्गिण विकास गर्न सक्ने  भन्दै अध्यक्ष काफ्लेले पार्टीलाई बलियो बनाउन युवा संघको काँधमा थप जिम्मेवारी आएको बताईन्। 

 

 

विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले परमादेश बाट आएको सरकारले दल फुटाउने अध्यादेश ल्याएर गैर जिम्मेवारीपन देखेको बताए।  उपाध्यक्ष सिवाकोटीले एमालेको सरकार जवर्जस्ती रुपमा हटाईएको भन्दै यसबाट पार्टी रत्तिभर बिचलित हुनु नपर्ने र आगामी निर्वाचनको नतिजाले पुन: एमालेको सरकार बन्ने ठोकुवा गरे।  पार्टी भित्रका केहि अवसरबादीहरुले पार्टी बिभाजन गर्न प्रयास गरेको भन्दै सिवाकोटीले युवासंघले पार्टीलाई गतिशिलता दिन अग्रणी भूमिका खेल्नुपर्ने बताए।  
एमालेको सरकारले गरेको विकास निर्माणको छलांगले विपक्षीहरु आत्तिएको भन्दै उनले डेड वर्ष पछि पुन: बलियो जनमत सहित एमालेको सरकार गठन हुने दावी गरे।  

 

कार्यक्रमका अवसरमा जेष्ठ नागरीकहरुलाई समान समेत गरिएको थियो।  

 

सम्मानित हुने जेष्ठ नागरिकहरुमा भोज कुमार घिमिरे, लिला प्रसाद दहाल, रामचन्द्र खनाल, धनबहादुर कार्की, धनकुमारी लावती, गणेशप्रसाद चम्लागाई र मोहन भट्टराई रहेका छन्।  

 

कार्यक्रममा  नेकपा एमाले कमल अध्यक्ष भिमराई, नारायण गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए।  

 

राष्ट्रिय युवासंघ कमल गाउँ कमिटि अध्यक्ष जिवलोक सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य आरुष दासले राखेका थिए भने कार्यक्रमको संचालन पार्टीका  कमल गाउँ कमिटी सचिव हरि ढकालले गरेको युवा संघ वडा नम्बर ५ इन्चार्ज कुमार ओलीले पर्दाफासलाई जानकारी दिएका छन्।  

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

 

No description available.

No description available.

 

 

Views: