d

भारत र अफ्रिकामा नक्कली कोभिड खोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली खोप  भेटेको खुलासा गरेको छ।  

 डब्ल्यूएचओले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त देशहरुमा नक्कली खोप भेटिएको बताएको हो।  

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

भारतीय सरकारले यसबारे ‌औपचारिक धारणा राखेको नभए पनि  स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ खबरहरुले जनाएका छन्।   


कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ।

सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो।

बिबिसीको सहयोगमा 

Views: