d

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ। संचार उद्यमी शेरचनको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो। 

कोरोना संक्रमणका कारण दुई हप्ता अघि अस्पताल भर्ना भएका शेरचनलाई उपचारका क्रममा 'डेप्थ निमोनिया' र छातिमा संक्रमण देखिएको थियो। उनको अवस्था जटिल भएपछि जीवनरक्षक औषधि प्रयोग गर्नुपरेको थियो। शेरचनको अक्सिजन लेभल निकै घटेको थियो। लामो समयदेखि उनी सुगरका बिरामी थिए। उनले कोरोनाविरुद्ध दुई डोज नै कोभिसील्ड खोप लगाएका थिए। 

विगत १९ वर्षदेखि प्रकाशन हुँदै आएको राजधानी दैनिकका संस्थापक अध्यक्ष रहेका सेरचन तत्कालीन नेकपा एमालेको तर्फबाट संविधान सभा सदस्य भएका थिए। उनी विज्ञापन बोर्ड सदस्यमा नियुक्त भएका थिए। 

उनी नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ संस्थापक अध्यक्ष हुन्। अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन्।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। शेरचनको बिहान ११ बजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने राजधानी डेलीडटकमका सम्पादक ध्रुव लम्सालले जानकारी दिए।

Views: