d

गण्डकी प्रदेश सरकारले जारी गर्यो मन्त्री आचारसंहिता, मन्त्रीलाई अंकुश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गण्डकी प्रदेश सरकारले मन्त्रीहरुका लागि आचारसंहिता बनाएको छ ।

 

मन्त्रीहरुलाई अनुशासनमा राख्ने र मुख्यमन्त्रीप्रति उत्तरदायी बनाउने उद्देश्यबाट आचारसंहिता निर्माण गरिएको बताइएको हो। 

 

 मन्त्रिपरिषदको हालैको बैठकले उक्त आचार संहिता स्वीकृत गरेको जनाएको छ।  

 

 वेस्टमिनिस्टिरियल सिस्टममा जस्तै  मन्त्रीहरुलाई  आफूप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरेका हुन्।  

 

के के छ आचारसंहितामा?  

 

मन्त्रिपरिषदमा वा मन्त्रिपरिषदका सदस्यबीच हुने कुनै विवादलाई सञ्चारमाध्यममा अभिव्यक्त नपाइने आचार संहितामा छ ।  

 

प्रदेश राजधानी रहेको जिल्ला कास्की छाडेर बाहिर जानुपरे मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने आचार संहितामा छ । 

 

आचार संहितामा उपलब्ध भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादनका सामग्रीमात्र प्रयोग गर्नुपर्ने उल्लेख छ । 

 

‘सरकारी स्रोत र साधनलाई निजी, पारिवारिक काममा वा सरकारी प्रयोजन बाहेकका काममा प्रयोग नगर्ने, नगराउने,’ आचार संहितामा उल्लेख गरिएको छ।  

 

मन्त्री बनेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पनि आचार संहिताले निर्देशित गरेको छ।  

 

आफ्नो परिवारका कुनै सदस्य वा नजिकको नातेदार वा घनिष्ठ मित्रसँग सरकारी काम कारवाही बाहेकका कुनै विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पुरयाउने गरी कुनै व्यक्ति वा पदाधिकारीबाट आतिथ्यता लिने, दान वा उपहार स्वीकार गर्ने वा गर्न लगाउन नहुने आचार संहिताका बुँदामा उल्लेख छ । 

Views: