d

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको राष्ट्रिय युवा संघको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादहमा राष्ट्रिय युवा संघले गरेको बिरोध कार्यक्रममा प्रहरीले ज्यादती गरेको आरोप लगाइएको छ।  

 

सरकारले जारी गरेको दल फुटाउने अध्यादेशको विरोधमा आयोजित मसाल जुलुस सहितको विरोध कार्यक्रममा प्रहरीले ज्यादती गरेको आरोप लगाइएको हो।  

 

शान्तिपूर्ण रुपमा आयोजना गरिएको विरोध कार्यक्रममा प्रहरीले आफ्ना साथीहरुलाई  कुटपिट गरि घाइते बनाएको नगर अध्यक्ष विपिन ओझा बताउछन्।  

 

 'राष्ट्रीय युवा संघ नेपाल, गौरादह नगर कमिटी   र अनेरास्ववियु  द्धारा संयुक्त रुपमा गौरादहमा आयोजना गरिएको "दल बिभाजन सम्बन्धी अध्यादेश" को शान्तीपुर्ण  बिरोध र्‍याली तथा कोण सभामा प्रहरीले हस्तक्षेप गरि  आफ्ना साथीहरुलाई घाइते पारिएको ओझाले आरोप लगाएका छन्।

 

 सामाजिक संजालमा पोस्ट गर्दै ओझाले राष्ट्रिय युवा संघ नेपालका झापा जिल्ला कमिटी अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य . शम्भु भण्डारी, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य निगेस नायाजु, पूर्ण बहादुर राणा, राजेश पोख्रेल लगायत केहि बिद्यार्थीहरु घाइते पारिएको बताएका छन्। 

 

'शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्ताक्षेप गरेकोमा भर्त्सना गर्दछु।', ओझाले भनेका छन्।

 


चल्दै गरेको संसद अधिवेशन अचानक स्थगन गरेर दल टुक्र्याउन जारी गरेको अध्यादेशको विरोधमा 'राष्ट्रीय युवा संघ नेपाल' र अनेरास्वियू आवद्द बिद्यार्थी तथा युवाहरुले बुधवार साँझ विरोध सभा गर्दै गौरादह बजार हुँदै डिपु सम्म राँके जुलुश प्रदर्शन गरेका थिए।  

 

राँको बालेर प्रदर्शनकारीहरु सडकमा निस्किने वित्तिकै प्रहरीले राँको खोसेर निभाउन थालेको थियो । 

Views: