d

६ महिना मै बल्न छाडे नगर भित्रका सडकबत्ती, मर्मत नगरिएको भन्दै स्थानीय चिन्तित  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

झापा: झापाको गौरादह नगरपालिकाले गत फागुन चैत्रमा जडान गरेका सडक बत्तीहरु बल्न छाडेका छन्।  वडा न ६ र ८ लगायतका बिभिन्न स्थानमा जडान गरेका सडक बत्तीहरु रिपेयरको अभावमा बल्न छाडेका हुन्।

 

नगरपालिकाले ६ महिना अगाडी जडान गरेका सडक बत्तीको मर्मत नहुँदा बल्न छाडेका छन् भने अनुमगन गरेर मर्मतको लागि पहल गर्नु पर्नेमा कतिपय वडा भने नयाँ सडक बत्ती थप गर्न भन्दै बजेट विनियोजन गरेका छन्।  

 

 

वडा न ८ का वासिन्दाहरु गत वर्ष जडान भएका सडक बत्ती बल्न छाडेको भन्दै आक्रोशित बनेका छन्। 

 

 

वडाबासीको आक्रोशको व्यवस्ता गर्दै वडा कार्यालय भने नयाँ बत्ती जडान गर्ने योजनामा लागेको बताइन्छ।  

 

 

सडक बत्तीहरु नबालेको बारे संचारकर्मीले जानकारी लिन प्रयास गर्दा नगरपालिकाले जिम्मेवारी लिएर गरेको कार्य नगरलाई नै सोध्नुपर्ने वडा अध्यक्ष भुमीराज पोख्रेल बताउछन्।  

 

 

वडा न ६ मा जडान गरिएका सडक बत्तीको अवस्था बारे स्थानिय युवाहरुले राम्रै चासो र चिन्ता राख्ने गरेको पाइन्छ ।  सडकबत्ती नबलेको बारे सामाजिक संजालमा पोस्ट हालेर स्थानिय सरकार माथि खबरदारी गरिरहेका पाइएको छ।  

 

गत वर्ष  गौरादह नगरपालिकाले  करिव २८ लाख खर्चिएर नगरका विभिन्न भागमा सडक बत्ती जडान गरेको छ।  

 

जडान गरेतापनि त्यसको नियमित अनुगमन र हेरविचार नहुँदा सडक बत्तीहरु लथालिङ्ग हुन थालेका छन् भने नगरपालिकाले तत्काल यस तर्फ ध्यान पुर्याउनु पर्ने  सरोकारवालाको माग छ।  

 

यस सम्बन्धी सन्दर्भ सामाग्री आगामी अंकमा पुन: प्रकाशन गरिने छ। 

Views: