d

कमललाई दमकमा गाभ्ने तयारी, कमलबासी भन्छन् 'गाभ्न मिल्दैन'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमल गाउँपालिकालाई दमक नगरपालिका संग गाभ्ने तयारी गरिएको पाइएको छ।  
दमकलाई उपमहानगरपालिका बनाउने प्रक्रिया अगाडी बढाउदा  कमल गाउँपालिकालाई समेत गाभ्ने तैयारी गरिएको हो।  

 

 

 

No description available.

 

 

कमल गाउँपालिकालाई गाभेर उपमहानगर बनाउनको लागि सहयोग गर्न संघिय मामिला मन्त्रालयलाई दमक नगरपालिकाले पत्राचार गरि सहयोग गर्न अनुरोध गरेको छ। 

 

दुई पालिकाबीच भौगोलिक रुपमा समानता रहेको र बजार तथा अन्य सेवा सुबिधाका हिसाबले समेत दुवै तर्फका जनतालाई पायक र सुबिधा हुने भन्दै दुई  पालिकालाई गाभेर उपमहानगरपालिका बनाउने तयारी अगाडी बढेको पाइएको छ।   

 

यसै बीच कमलको छुट्टै अस्तित्व रहेको र दमक नगरपालिका संग गाभ्न नमिल्ने भन्दै उक्त कार्यको विरोध समेत हुन थालेको छ।  

 

 

No description available.

 

 

नेपाली कांग्रेसका नेता तथा तत्कालिन स्थानीय निर्वाचनमा कमल गाउँपालिका अध्यक्षमा कांग्रेस तर्फका उमेद्वार हुकुम सिंह राईले उक्त कार्यको कडा रुपमा बिरोध गरेका छन्।  

 

उनले कमललाई दमक संग गाभ्नु सरासर राजनीतिक बेइमानी बहेको आरोप लगाएका छन्।   सत्यतथ्य के हो तत्काल सार्वजनिक गर्न कमल गाउँपालिकासंग माग गरेका छन्।  

 

सामाजिक संजालमा राई लेख्छन्, ' साढे चार बर्ष देखि कमल गाउँपालिकाको प्रशासनिक भवन बनाउन आवश्यक नठानेको  र दमक नगरपालिकाले कमल गाउँपालिकालाई गाभेर उपमहानगरपालिका बनाउछु भन्नु, सरासर राजनैतिक बेइमानी हो, हामीहरूले तोपगाछी र लखनपुरलाई गुमाएर कमल बनायौ, फेरि कमलबासीले कमल गुमाउन किमार्थ चाहदैनौ, यथासिघ्र कमल गाउ पालिकाले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरियोस। '

 

No description available.

 

स्थानिय टिकाराम बाँस्तोला सामाजिक संजालमा लेख्छन्, 'नाम ले केही हुदैन काम गरे नाम नहोस तर तोपगाछि गाबिसनै भएपनि यदि बिकास गर्न चाहने हो भने नगरपालिका र उपमहानगरपालिका भन्दा सुखि जनता गाबिसका हुने छन्। जुन बेला गाबिस मात्र थियो त्यो बेला अहिले भन्दा धेरै जनतालाई सहज र कम खर्चिलो व्यवस्था थियो तर अहिले जनताको सबै क्षत्र मा खर्च बढि तर आवस्यकता अपुरै । त्यसैले नाम हैन काम चाहिएको छ।'

 


स्थानिय लेखनाथ बुढाथोकी कमललाई दमक नगरपालिकामा गाभ्ने परे उपमहानगरको नाम कमल राख्नुपर्ने र प्रशासनिक भवन पाडाजुङ्गीमा राख्नु पर्ने बताउछन्।  

 

 

सामाजिक संजालमै गुरु सुबेदी लेख्छन्, 'मिल्दै नमिल्ने बिषय हो यो । उपमहानगर बनाउने दौडमा जनताले सास्ती पाउने ? पहिले भुगोलको आंकलन गरौ अनि बोल्न पर्छ । के दमक नगरपालिकाले अहिलेको नगर क्षेत्र बिकसित तुल्याइ सक्यो?

 


कमल गाउँपालिकाको क्षेत्र हालको दमक नपा भन्दा ठूलो छ । एकल भुक्तानी केन्द्रको ब्यबस्था भएको हालको अवस्थामा उपभोक्ताले सास्ती पाउने, सेवाग्राहिले केन्द्रको अड्डाबाट लिने सेवामा सास्ती पाउने ? नामको लागि यो काम उपयुक्त छैन । कृपया यो कष्ट नगर्नु होला । नदुखेको टाउको दुखाउनु ब्यर्थ छ ।'

 

 

अशोक खड्का सामाजिक संजालमा स्टाटस शेयर गर्दै लेख्छन्, 'हैन‌ हाम्रो कमल गाउँपालिलाइ दमकमा जोडेर उप- महानगरपालिका बनाउनलाई कसले‌ भन्यो दमकका मेयरलाइ?  दमकलाई जे जे बनाउन मनलाग्छ बनाउ तर कमल गाउँपालिकाको‌ नाम लिने अधिकार दमकको मेयरलाइ छैन र हामि कमलका बासिन्दालाई दमकमा मिल्नु पनि छैन।

 

 

चिरन ढुंगेल कडा आक्रोश व्यक्त गर्दै लेख्छन्, 'केही जनप्रतिनिधि भनाउदा नालायकहरु कमल गाउँ पालिकाको नामनिसाननै मेटाउने काममा लागेको देखियो। यस्ता धन्धुकारीहरुलाई समाजबाट लखेट्नुको विकल्प छैन।'


 

Views: