d

जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । 


बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो । 


इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भूषालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए ।

 

कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष मोतिलाल गणेश, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठक, प्रेसिडेण्ट नोमिनी सिदार्थ नविन उप्रेती, क्लव एडमिन मनोज अग्रवाल, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चार्टर प्रेसिडेण्ट भूमिका पोखरेल, भाइस प्रेसिडेण्ट सम्झाना भण्डारी, आइएसओ जुनु विमली उप्रेती, सेक्रेटरी मोनिका अग्रवाल, रोट्याक क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट निरज चौधरी, भाइस प्रेसिडेण्ट जितेश अग्रवाल, सेक्रेटरी श्रद्धा प्रसाई, मेम्वर निकिता ओलीलगायतले अपाङ्गता भएकाहरुलाई उक्त सामाग्री वितरण गरेका थिए ।

 

अपाङ्गता भएका १४ जना महिलालाई खाद्यन्न सामाग्रीसहित सेनेटरी प्याड, सेनिटनइजर, मास्कसमेत प्रदान गरिएको थियो । 

 


सरकारले जारी गरेको लकडाउनको समयमा खाद्यन्नको अभावमा कष्टकर जीवन गुजारा गर्दै आएका उनीहरुले खाद्यन्न सामाग्री पाउँदा खुसी अनुभव गरेका थिए । जन्मदिनमा नाममा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेण्ट प्रशान्त भण्डारीले गरेका थिए । 

Views: