d

तेश्रो धारका नेतालाई  बाँस्कोटाले भने: 'धेरै रोइलो नगर' 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एमाले नेता गोकुल बाँस्कोटाले तेस्रो धारका नेताहरूलाई रोइलो नगर्न आग्रह गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा रहेर सर्वाधिक चर्चा बटुलेका बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबारपछि बुधबार आउने भन्दै १० बुँदेका पक्षधर नेताहरुलाई धेरै रोइलो नगर्न भनेका हुन्।  

 

तेस्रो धारका नेताहरूले ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मंगलबारसम्मको समय दिएका थिए । बाँस्कोटाले लेखेका छन्, ‘मंगलबारे समयको रोइलो मैले बुझिनँ । बस्नेलाई राडी बिच्छ्याएको फलैँचा जानेलाई बाटो । काग र कोइली कालै देखिन्छन् र चलाख पनि । तर, खास फरक गृष्मयाममा देखिन्छ । र, सबैलाई थाहा छ मंगलबारपछि बुधबार आउँछ ।’

Views: