d

तेश्रो धारका नेतालाई ओलीको जवाफ - १४ सांसदमाथिको कारवाही फिर्ता हुँदैन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।

 

स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि १४ सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काएका छन् ।

 

वागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी एमालेका नेतृ अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्दै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुनुपर्नेमा जोड दिए ।

 

उनले भनिन् – ‘पार्टी एकता बचाउनुपर्छ, अब अध्यक्ष ओलीले ढिला गर्नुहुँदैन ।’ उनले गणतन्त्र र लोकतन्त्र बचाउनका लागि पनि पार्टी एकता जोगाउनुको अर्को विकल्प नभएको बताइन् ।

 

पार्टी विभाजित भएर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढिसक्दा पनि यसअघि नेपाल समूहमा रहेका नौंजना स्थायी कमिटीका सदस्यहरूले पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिइरहेका छन् । यो खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

Views: