d

आफैले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना, पत्रकार राईको घटनास्थलमा नै मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सोलुखुम्बु, ६ भदौ । मोटरसाइकल दुर्घटनामा परेर पत्रकार सुमन राईको मृत्यु भएको छ ।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ कागतेमा मोटरसाइकल दुर्घटना हुँदा माप्य दूधकोशी–२ का ३० वर्षीय राईको मृत्यु भएको हो ।

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

वर्षा भइरहेकाले रेनकोट ओढेर हिँडेका राईले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एक्कासी उनले ओडेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलमा बेरिएको र रेनकोट घाँटीमा पासो लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी सुकुमाया राईले बताउनुभयो ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतकको घाँटीमा रेनकोटले बेरिएको दाग देखिएको छ । शरीरका अन्य भागमा कुनै चोट नभएको प्रहरीले बताएको छ । मिर्मिरे अनलाइन। 

Views: