d

एमाले छोडेको भन्नेहरु प्रति बामदेवको आक्रोश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू नेकपा एमालेमै भएको बताएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला गौतमले आफ्नो धारणा सार्वजनिक गर्दै आफु अझै एमालेमै रहेको प्रस्ट्याएका हुन् ।

गौतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएको र उहाँको चरित्र हत्या गर्ने काम मात्र भएको बताएका छन् ।

‘आजकल केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क‍मरेड वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन,’ स्टाटसमा लेखिएको छ ।’

Views: