d

एमाले विभाजन रोक्ने प्रयासमा राष्ट्रपति, माधव नेपाल संग २ घण्टा छलफल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले विभाजित भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छन् ।

राष्ट्रपति भण्डारी सोमबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग करिब २ घण्टा कुराकानी गरेकी छन् । सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रपति भण्डारी र नेता नेपालबीच छलफल भएको हो । एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको जनाइएको छ ।

Views: