d

माधव नेपाल पुगे चन्द्रागिरि रिसोर्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

७ भदौ, काठमाडौं । माधव नेपाल समुहले नयाँ दल दर्ता गर्ने सक्रियता बढाएको छ।  नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा छलफलमा व्यस्त भएका हुन्।  

 

नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

 

सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने उनले बताए । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।

Views: