d

अमेरिकालाई तालिबानको कडा चेतावनी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले अमेरिकालाई कडा चेतावनी दिदै ३१ अगष्ट सम्म अमेरिकी सेना फिर्ता लैजान भनेको छ।   सैनिक फिर्ता नगरेमा अमेरिकाले गम्भीर परिणाम बेहोर्नुपर्ने भन्दै तालिबानले कडा चेतावनी दिएको हो ।

सोमबार स्थानीय सञ्चारमाध्यमहरु समक्ष तालिबानका प्रवक्ता सोहेन साहिनले दिएको बयानअनुसार यदी अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकहरु फिर्ता गर्न अझै ढिलाइ गरेमा गम्भीर परिणाम निम्तिने तालिबानले चेतावनी दिएको छ । ३१ अगष्टसम्म सेना फिर्ता गर्न दिइएको म्यादभन्दा एक दिन पनि ढिलाइ गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने बताइएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइतबार दिउँसो सञ्चारकर्मीहरुसमक्ष सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान मिसनमा खटिएका सैनिकबारे ताजा अपडेट गराएका थिए । गत जुलाइमा राष्ट्रपति बाइडेनले अमेरिकी सेनाले अगष्ट अन्तिमसम्म अफगानिस्तानमा जारी आफ्नो मिसन समाप्त गर्न आदेश दिएका थिए ।

अलजजिरामा प्रकाशित समाचार अनुसार सोमबार भर्चुअल बैठकमार्फत ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्ने र ३१ अगष्टको मितिलाई सार्न सल्लाह दिनेछन् । अन्नपुर्ण

Views: