d

 नेपाल समूहले किन रोज्यो यति महँगो  रिसोर्ट?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका छन् । नेता नेपालले  आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाण्डौको चन्द्रागिरि हिल्स रिसोर्टमा पुर्याएका हुन्।   

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर उनीहरुलाई महँगो रिसोर्टमा लगिएको बुझिएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले भने दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा भेला भएको बताएका छन्।  

Views: