d

राष्ट्रवादी समाज नेपालले पूर्वी नाका देखि दमक सम्म राष्ट्रिय झण्डा फहराउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक।   राष्ट्रवादी समाज झापाले चौथो चरणको कार्यक्रम अघि सारेको छ। उसले सो कार्यक्रममा राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रघाती एमसीसी सम्झौता खारेजी र राजासहितको हिन्दूराष्ट्र घोषणाका लागि आम नागरिकलाई सजग गराउने जनाएको छ।

पूर्वी नेपालको काँकडभिट्टा स्थित हनुमान मन्दिरबाट भोलि शुरु हुने कार्यक्रम बिर्तामोड, सुरुङ्गा,दुधे, धरमपुर हुँदै दमक सम्म संचालन हुने अभियानका सदस्य लिप्सन बास्तोलाले जानकारी दिनुभयो।


सो कार्यक्रममा हिन्दूराष्ट्र स्थापना महाअभियान संचालन गर्दै आउनुभएका श्री निवासाचार्य प्रमुख अतिथिको रुपमा आउने तय भएको पनि बास्तोलाले जानकारी दिनुभयो। कार्यक्रम काकर्भिट्टामा ११  बजे शुरु हुनेछ। समाजले यसअघि सडकमा नो एमसीसी लेखेर एमसीसी सम्झौता विरुद्धको अभियान चलाएको थियो।

Views: