d

माधब नेपालले धोका दिए - योगेश भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले नेपाल आफैँले जिम्मेवारी दिएका कार्यदलका सदस्यहरूलाई अविश्वास गरेर धोका दिएको बताए ।

भट्टराईले नेपाल आफैले भनेको १० बुँदेमा पछाडी फर्केर पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।


ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले माधव नेपालले पार्टी एकताका लागि आफैँले जिम्मेवारी दिएका नेताहरूलाई अविश्वास गरेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष केपी ओली र माधव नेपालबीचको सहमतिमा कार्यदल बनाइएको हो । तर, नेपालले कार्यदलका साथीहरूले पार्टीलाई एकताबद्ध बनाउन जुटाएको १०बुँदे सहमति मान्नुभएन, आफैँले जिम्मेवारी दिएका साथीहरूलाई अविश्वास गर्नुभयो,’ उनले भने, ‘बृहत् एकतालाई बेवास्ता गर्दै पार्टी विभाजन गर्ने काममा संलग्न हुनुभयो ।’

भट्टराईले १०बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नु पर्नेमा आफैँले जिम्मेवारी दिएका नेताहरूलाई अविश्वास गरेको पनि बताए । उनले पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण भएको पनि बताए ।

सचिव भट्टराईले पार्टीलाई एकढिक्का बनाउने संकल्प आफूहरूले लिएको पनि बताए ।

 

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन् ।

पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गरे । उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । पत्रकार सम्मेलन जारी छ । रासस

Views: