d

गौरादह नगर उपप्रमुख गीता भेटवाललाई पितृशोक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाललाई पितृशोक परको छ।  गौरादह वडा न. ७ निवासी नगर उपप्रमुख गीता भेटवालका ससुरा लक्ष्मीप्रसाद भेट्वालको शुक्रबार बिहान ३.२० बजे ९४ बर्षको उमेरमा आफ्नै निवासमा भेटवाल चौकमा  निधन भएको हो।

 लामो समय देखि प्रोटेस्ट सम्बन्धी समस्या र क्यान्सर रोग बाट पिडित भेटवालको बिर्तामोड स्थित बि. एण्ड. सी अस्पतालमा नियमित स्वास्थ्य परिक्षण र उपचार हुँदै आएको थियो।  स्व. भेटवालका यज्ञराज भेटवाल, सुर्य भेटवाल लगायत ५ छोरा र ४ जना छोरीहरु हुनुहुन्छ।  

स्व. भेटवालको आजै बिहान १०:३० बजे कन्काईघाटमा अन्तिम संस्कार गरिने ने. क.पा एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफलेले बताउनु भएको छ।  

Views: