d

विर्तामोडका घर घरमा उपकार ब्राण्ड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शिखर अर्गनाइजेसनको उत्पादन उपकार ब्राण्डले पुर्वमा राम्रो बजार लिएको छ।  उच्च गुणस्तरीय खाद्य सामाग्री सुपथ मूल्यमा प्राप्त भएकै कारण उपभोक्ताको नजरमा उपकार ब्राण्डले छाप छोडेको हो।  

 

हाल बजारमा उपकार ब्राण्डका चामल, दाल, तेल, चिया, आट्टा, बिस्कुट लागायतका सामग्री उपलब्ध रहेको कम्पनिले जनाएको छ। 

 

सम्पन्न परिवार देखि दैनिक श्रम गरेर गुजारा गर्ने परिवारमा उपकारलाई रोज्ने गरेका बताइन्छ ।

 

महिमा चौधरीका श्रीमान विर्तामोडमा अटो रिक्सा चलाउछन्।  चामल किनेकै  भरमा गुजारा चलाउने विपन्न समुदायका चौधरीले विगत डेढ  वर्ष देखि उपकार चामल प्रयोग गर्दै आएका छन्।  

 

'सस्तो चामल धेरै खपत हुन्छ, एक बोरा उपकार चामलले दुई बोरा चामलको काम गर्दा मा त दङ्ग छु।' महिमाले अनुभव सुनाईन्। 

 

'मुल्यको आधारमा हेर्दा उपकार चामल निकै सस्तो र सर्वसुलभ लाग्यो, मैले यो चामल प्रयोग गरे देखि छिमेकीको घरमा समेत उपकार चामलनै खाने गरेका छन्', विर्तामोडकी महिमाको चौधरीको आफ्नै अनुभब छ।  

 

महिमा चौधरीको परिवार जस्तो कम आए भएका परिवार देखि लिएर घरानिया परिवार सम्म उपकार ब्राण्डले मन जित्ने गरेको पाइन्छ।  

 

बजारमा पाइने अन्य चामलको तुलनामा उपकार चामल सस्तो, किफायती र पोषिलो भएको कारण पनि यसको माग बढ्न थालेको विर्तामोडका व्यवसायीहरु बताउछन्।   

 

भद्रपुररोडमा रहेको  नविन किरानाले विर्तामोडका प्रतिष्ठित होटलहरुमा खाद्यान्न सामाग्री आपुर्ती गर्दै आएको छ।  अन्य ब्राण्डको तुलनामा उपकार बासमती चामलको माग ह्वात्तै बढेको उनको भनाई छ।  

 

हरेक होटल र रेस्टुरेन्टबाट उपकार ब्राण्ड बासमती चामलको माग बढेको छ, सहज र सर्भसुलभ आपुर्ती भएकै कारण पनि उपकार चामलले लोकप्रियता पाएको उनि बताउछन्।  

 

बिर्तामोडको प्रतिष्ठित व्यापारिक केन्द्र बोलबम मण्डीमा रहेका कैलाश ट्रेडिङ्ग, बोलबम स्टोर, गजुरमुखी ट्रेडर्समा समेत उपकार चामल लगायत शिखर अर्गनाइजेसन द्वारा उत्पादित उपकार ब्रान्डका सबै खाद्यान्न सामग्रीहरुको कारोबार ठुलो भोल्युममा हुने गरेको संचालकहरु  बताउछन्।

 

"ग्राहकको रुची अनुसारको तौलमा उपकार चामल पाइने भएकोले पनि यसको  बजार राम्रो रहेको छ।"

 

हाल उपकार बासमती चामल १ kg , ५ kg  , २० kg र २५ kg  को स्ट्याण्ड्र्ड प्याकमा बजारमा आएको छ।  

 

'गुणस्तरीय उत्पादन, आकर्षक प्याकिङ्ग,  सहज आपुर्तीकै कारण पनि उपकार ब्राण्डका सामाग्रीले राम्रो बजार पाएको छ। ', गजुरमुखी ट्रेडर्सका संचालक सुशान पराजुलीको भनाई रहेको छ ।  

 

उपकार ब्राण्डको प्रमुख वितरक नटराज एग्रो प्रा ली ले आफ्ना तिन उत्पादन टेस्टि बिस्कुट, कोको लाइट र सोयाबिन बजारमा ल्याएको छ भने २० वटा भन्दा बढी प्रोडक्टहरु चाडैं बजारमा ल्याउने तयारी गरेको कम्पनिले जनाएको छ।  

Views: