d

राप्रपाको आगामी नेतृत्वमा गम्भीर समिक्षा हुनु जरुरी छ - राजेन्द्र लिङ्ग्देन (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा संघीय सांसद राजेन्द्र लिङ्देनले पार्टीको आगामी नेतृत्वमा गम्भीर समिक्षा  हुनुपर्ने बताएका छन् ।


पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन द्वारा झापाको गौरादह नगरपालिका स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै   नेता लिङ्देनले राप्रपा स्थापना भएको ३१ वर्ष पुग्न लाग्दा पनि जनतामाझ स्थापित हुने मौका प्राप्त गर्न नसक्नुमा नेतृत्वतहनै मुख्य दोषी रहेको उल्लेख गरेका छन्।  

 

बलियो एजेन्डा हुँदा हुदै पनि कार्यकर्ताले कहिल्यै अनुहार उज्यालो पारेर हिड्न नसक्नु र एजेन्डालाई सहि पथप्रदर्शन गर्न नसक्नुमा नेतृत्वले जिम्मेवारी लिन नसकेको बताए।  

 

'राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ र संघीयता चाहिदैन भन्ने नारा बोकेर सडकमा देखिने भिडले सोही एजेन्डा बोकेको राप्रपालाई किन विश्वास गर्दैन ? पार्टी भित्र गम्भीर बहस हुनु पर्ने होइन ?'  

 

 '३ वटा अध्यक्षलाई पार्टीका ब्रम्हा विष्णु महेश्वर बनाएर पार्टी अगाडी बढ्न खोज्दा कार्यकर्तानै अलमलमा परेको  स्थितिलाई मुल्यांकन गरेर अगाडी बढ्न हिम्मत गर्ने की नगर्ने ?' 

उनले अध्यक्षत्रयले अभिभावक बनेर बस्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने औल्याए । सबै राजाबादी हिन्दु बादी हरु जो राप्रपा मा आउन सकेका छैनन तिनलाइ मुल धार मा ल्याउन पनि बर्तमान नेतृत्व अभिभावक बनेर नयाँ नेतृत्व जरुरी भएको नेता लिंग्देंनको भनाई थियो। 

अन्तराष्ट्रिय जगतमा पहिचान छ त्यसैले मैले नै पार्टी संचालन गर्नुपर्छ भन्ने नेताले कुन कार्यकर्तालाई विदेशबाट कति पैसा ल्याएर पार्टी संचालन गर्न दियौ ?',  प्रतिप्रश्न गरे। 

कार्यकर्ताहरुले कष्ट गरेर बचाएको पार्टी भएकोले  मैले मात्र यती गरे त्यसैले पार्टीको अध्यक्ष म  नै हुनु पर्छ भन्नु गलत हुने तर्क गरे । 


समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश १ अध्यक्ष राम थापाले पार्टीका सबै भातृसंगठनले आ-आफ्नो क्षेत्र मा रहेर पार्टीलाई बलियो बनाउनु पर्ने आग्रह गरे । भातृसंगठन निर्माण भएर मात्र नपुग्ने भन्दै नेता थापाले पार्टीको भविस्य कार्यकर्ताकै हातमा रहेको समेत चर्चा गरे ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै केन्द्रिय महासचिव जीवन अधिकारीले देशभरका कुल ७५३ स्थानियतह मध्ये किसान संगठन गर्ने  गौरादह न पा पहिलो रहेको जानकारी गराउदै संगठन निर्माण अभियानको थालनी भईसकेको जानकारी गराए।  उनले अन्य पालिकाहरुले समेत किसान सङ्गठन गठन गर्न थालनी गर्न सुझाव दिएका छन्।  


कार्यक्रममा मिडिया नेपाल केन्द्रिय अध्यक्ष तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य गोपाल पौड्याल, पार्टीका झापा जिल्ला अध्यक्ष केशब ओझा, किसान संगठन पदाधिकारीहरु क्रमस: महासचिब जीवन अधिकारी,  कोषाध्यक्ष रामचन्द्र गिरि, केन्द्रिय सदस्य रमेश थापा, राप्रपा नगर अध्यक्ष शान्तिराम पौड्याल लगायतले शुभकामना मन्तब्य राखेका  थिए। कार्यक्रममा युवक संगठन केन्द्रय उपाध्यक्ष ध्रुब उप्रेती, प्रदेश 'क' अध्यक्ष जय गुरुङ, जिल्ला सदस्यहरु भिम बस्नेत, भरिपुर्ण राई लगायत  नेताका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।  

 नगर अध्यक्ष शान्तिराम पौड्यालको सभापतित्वमा सम्पन्न  कार्यक्रमको सन्चालन गौरादह नगर सचिब युवराज पौड्यालले गरेका थिए।  

कार्यक्रममा नव प्रवेशी विष्णु भक्त इङ्ग्नामलाई स्वागत सम्मान गर्दै पार्टी सदस्यता हस्तान्तरण गरिएको थियो।  


नगर किसान संगठनको नेतृत्वमा कार्की, युवक सङ्गठन नगर संयोजकमा खेम पाण्डे,   महिला सङ्गठन गनर संयोजकमा लागि इन्दिरा आचार्य

 

नगर किसान संगठनको आयोजनामा सम्पन्न गरिएको कार्यक्रमले बिजय कार्कीको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उषा खड्का र चन्द्र जङ कार्की सचिवमा बद्री संग्रौला, सह- सचिवमा कृष्ण  गौतम, कोषाध्यक्षमा सुरेन्द्र खड्का रहेकाछन् । त्यसैगरी समितिको सदस्यमा इन्द्र बिष्ट, रामप्रसाद सुवेदी, कमल प्रसाद दाहाल, नेत्र चौलागाईं, कल्पना दाहाल र उमेश भुजेल रहेका छन् ।

यसैगरी कार्यक्रमले नगर महिला सङ्गठनको लागि इन्दिरा आचार्यलाइ तदर्थ समितिको संयोजक तोकेको छ भने नगर युवक संगठनमा खेम पाण्डेको संयोजकत्वमा कमल कार्की, ज्ञानेन्द्र कार्की, आदित्य भट्टराई, केदार शिवा रहेको तदर्थ समिति गठन गरिएको छ ।

 

तस्बिरहरु हेर्नुहोस 

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.No description available.


 

Views: