d

छरितो बिमा सेवा, महिलारोग र हाडजोर्नीका बिरामीको रोजाइमा दमक निम्स हस्पिटल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जानुका भण्डारी चापागाईं

पर्दाफास/ भाद्र १३, झापा: झापाको दमकमा रहेको निम्स हस्पिटल प्रा. ली. ले  स्थापनाको छोटो अवधीमै निकै राम्रो लोकप्रियता कमाउन सफल भएको छ।  सुबिधा सम्पन्न भवनमा गुणस्तरीय सेवा प्रदान तथा बिमामा छरितो उपचार सेवा भएकै कारण बिरामीको चाप ह्वात्तै बढेको पाइएको हो।  

 

No description available.

 

दमक ९ मा आफ्नै भवनमा रहेको निम्स हस्पिटलले नयाँ भवन निर्माण गरि, अत्याधुनिक प्रबिधीको बिकास गर्दै सेवा विस्तार गरिएको  संचालन समितिका अध्यक्ष बलभद्र कोइराला बताउनुहुन्छ।  

 

'हामीले नागरिकको सेवा सर्वसुलभ र भरपर्दो बनाउन ख्याती प्राप्त र अनुभवी चिकित्सकहरुको व्यस्थापन गरेका छौं।' 

 

"माहिलाहरुको समस्यालाई अस्पतालले निकै भरपर्दो सेवा गरेको छ।"

 

No description available.

 

नयाँ भवनमा सरे संगै २५ सैयाको बेडलाई ५० सैयामा रुपान्तरण गर्ने प्रक्रिया अगाडी बढाएको अध्यक्ष कोइरालाको भनाई रहेको छ।  हाल निम्स अस्पतालमा २ वटा भेन्टिलेटर, ५ वटा आइ सी यु  र ५ वटा एन आइ सी यु संचालनमा छन्।  

 

आधुनिक मोडेलको भवनमा लिफ्ट सहितको व्यवस्था, छरितो बिमा सेवा 


अस्पतालमा हाल महिला रोग विषेशज्ञ डा रोजी श्रेष्ठले सेवा प्रदान गर्दै आएको निम्स हस्पिटलमा अर्थोसर्जन डा. नविन कुमार सिंह सेवारत रहनुभएको छ।  

युरो, प्रोस्टेट, पित्तथैली अप्रेसन, किड्नीको पथरिया, एपेन्डिक्स लगायत विभिन्न सर्जरी सेवा दैनिक रुपमा संचालित रहेको पाइन्छ।  

 

ओ पी डी सेवामा निकै लोकप्रियता हांसिल गरेको यस अस्पतालमा दैनिक रुपमा ३ सय देखी ४ सय बिरामी आउने गरेका छन्।

 

'दैनिक ४ /५ वटा अर्थोपेडिक सेवा, अर्थोस्कोप सेवा डा. नविनले हेर्नुहुन्छ, अस्पतालको विश्वसनीयता बढ्नुमा चिकिसकहरु र स्वास्थ्यकर्मीको मेहनत नै हो। ' पर्दाफास मिडिया प्रतिनिधीसंगको कुराकानीमा कोइरालाले भन्नुभयो।  

 

No description available.अस्पतालको नयाँ भवनमा जडान गरिएको लिफ्ट

 

 


डा. रवीनले गरे ४५ mm  को स्टोनको सफलता पुर्वक सल्यक्रिया 

यसै हप्ता निम्स अस्पतालका चिकित्सक रविन रत्न रन्जितकारले  ४५ m m  को स्टोन भएका एक बिरामीको सफलता पुर्वक सल्यक्रिया   सम्पन्न गर्नुभएको छ।  निम्स हस्पिटलमा आउनु पुर्व बि एण्ड सी अस्पताल बिर्तामोडमा सेवा गर्नुभएका डा. रंजितकारले यस अघी पनि जटिल समस्या भएका कयौं बिरामीको सफलतापुर्वक सल्यक्रिया सम्पन्न गर्नुभएको बताइन्छ।  


२४ सै घण्टा सेवारत निम्स अस्पतालमा कोभिडको समयमा समेत सर्वसुलभ र भरपर्दो सेवा संचालन गरेकै कारण पनि अस्पतालमा बिरामीको छाप ह्वात्तै बढेको हो, हामीले कोभिडको समयमा पनि नागरिक स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेर काम गर्यौ,।'  अस्पताल संचालक कोइराला  बताउछन्।  

 

कस्ता छन् हस्पिटलले उपलब्ध गराएका सुबिधाहरु?

एपेन्डिक्स, पित्त थैली, हाइड्रोसिल, हर्निया, आन्द्रा, लाइपोमा, सिस्ट लगायत एनेथ्सिया तथा दुखाई निर्मुल सेवा 


हाडजोर्नी तथा नसा रोग सम्बन्धी ओपिडी तथा सल्यक्रिया सेवा 
बालरोग सम्बन्धी सेवा 


स्त्रीरोग, गर्भधारण तथा प्रसुती सम्बन्धी ओपिडी तथा सल्यक्रिया सेवाहरु 
आँखा रोग सम्बन्धी परामर्श सेवा 
नाक, कान र घाटी सम्बन्धी सेवाहरु 
मानसिक रोग सम्बन्धी सेवाहरु 
सौन्दर्य तथा चर्मरोग सम्बन्धी सेवा 

 

यी हुन् अस्पतालमा कार्यरत चिकित्सकहरु 

 

महिला रोग विषेशज्ञ डा. रोजी श्रेष्ठ
डा. इकबाल अहमद - एम बि बि यस म यस (युरो सर्जरी)
डा. माधब बिस्ट - एम बि बि यस एम डी (कार्डिओलोजि)
डा. प्रदिप कटवाल - कन्सल्टेण्ट फिजिसियन
डा. ज्ञानेन्द्र साह - एम बि बि यस म यस (कन्सल्टेन्ट इ एन टी) सर्जन 
डा. जयमनी श्रेष्ठ - एम बि बि यस एम डी (कन्सल्टेण्ट प्याड्याट्रिसियन)
डा. रविन रत्न रंजितकार - कन्सल्टेण्ट सर्जन 
डा. नविन कुमार सिंह -  कन्सल्टेण्ट अर्थोपेडिक 
डा. सुरेश प्रसाद साह - अर्थोपेडिक (कन्सल्टेण्ट प्याड्याट्रिसियन)
डा. गुरु पोख्रेल - डर्म्याटोलोजिस्ट एण्ड लेप्रोलोजिस्ट 
डा नवीन कुमार झा - सिनियर डेण्टल सर्जन 
डा. यासिका लिम्बु (मेडिकल अफिसर)
डा. सनम कार्की (मेडिकल अफिसर)
डा. सुरेश यादव (मेडिकल अफिसर)

 

निम्स नेसनल अस्पताल दमक प्रा. ली. को स्थापना वि. स. २०६९ मा भएको हो।  स्थापनाकाल देखिनै ख्याती प्राप्त चिकित्सकहरु द्वारा उपचार सुरु गराएको यस अस्पताललाई नगारिकहरुले  रोजाइमा पार्नुको मुख्य कारण छरितो, सर्वसुलभ, भरपर्दो र सेवा नै हो।  अस्पतालले विरामीको धड्कन नाप्ने मोनिटर सहितको अत्याधुनिक आकस्मिक सेवा प्रदान गरेको पाइन्छ।  अन्य अस्पतालको तुलनामा सस्तो, सफा र स्वच्छ वातावरण भएको, सुबिधा सम्पन्न वार्डको व्यवस्था, अनुभवी दक्ष चिकित्सक एवम् स्वास्थ्यकर्मी सेवा, निम्न वर्ग तथा गरिव बिरामीलाई सहुलियतको व्यवस्था, सस्तो र स्वस्थ खानपिन भएको क्यान्टिन सेवा, स्वास्थ्यकर्मी र अस्पताल परिवारको नम्रता र सलिन स्वाभावकै कारण पनि नागरिकले निम्स अस्पताल रोज्ने गरेको अस्पतालमा सेवालिन आएकाहरु बताउछन्। 
 

Views: