d

एकीकृत समाजवादीमा जोडिन उत्साह देखिएको छ - नेपाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा समाहित हुने उत्साह देखिएको बताएका छन् । लामो उपचारपछि भारतबाट फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न विमानस्थल पुगेका नेपालले एकीकृत समाजवादीमा समाहित हुनेको उत्साह देखिएको बताएका हुन् ।

“निर्वाचन आयोगले २२ दिनसम्म नेकपा एकीकृत समाजवादीमा समाहित हुन समय दिएको छ । एकीकृत समाजवादीमा समाहित हुने उत्साह देखिएको छ,” नेपालले भने, “केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी गर्ने कुराको विरुद्धमा रहेका सबै साथिहरू हामीसँग समाहित भइरहनुभएको छ ।”

एमाले विभाजनपछि बनेको नयाँ दलमा जाने कि एमालेमै रहने भनेर निर्णय लिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले आगामी २२ गतेसम्मको समय दिएको छ ।

Views: