d

झापाको भद्रपुरस्थित महाकवि देवकोटाको सालिक तोडफोड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको बताइएको हो। 

 भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले स्थापना गरेको शालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा भेटिएको जनाइएको छ। 

पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानूनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको समितिका एक सदस्यले बताएका छन्।  

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए ।

“सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,” थापाले भने, “पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ ।”

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे ।

केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरे ।२५ दिन देखि सरकारले उठाउन नसकेको काठमान्डौको फोहोर उठाउन जुटे abhiyantaa 

काठमाडौंमा थुप्रिएको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरिएको छ ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरेका हुन् ।


काठमाडौंको रत्नपार्कबाट शुरु गरिएको उक्त अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए । वर्षायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले फोहोर सिसडोलसम्म पुर्‍याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको उनको भनाइ छ ।

तस्बिर: नेपाल खबर 

‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन,’ अभियन्ता मानवले भने, ‘राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आए पनि समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैंले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान शुरू गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोरमुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’

सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियान लगायतका संस्थाहरु सहभागी भएका छन् । अभियानमा सहभागीहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । न्युज २४ नेपाल। 

Views: