d

अझै मिलेन देउवा मन्त्री मण्डलको भागबण्डा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रालयको भागबन्डा मिलाउन बसेको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बसेको बैठक बिना निष्कर्ष टुंगिएको नेताहरुले बताएका छन् । साँझ पुनः बस्नेगरी बैठक टुंग्याइएको प्रधानमन्त्री शेरहादुर देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार साँझ बस्ने बैठकमा पाँच दलका सभापति र अध्यक्षहरु मात्रै बस्नेछन् । मन्त्रालय भागबन्डामा नेताहरुले आ–आफ्नो अडान लिएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । पाँच दलबीचमा ६ मन्त्रीसहित एक जना राज्यमन्त्री बनाउने सहमति भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने विवाद टुंगो नलागेको हो । यसअघि सोमबारको बैठकमा माधव नेपालले आक्रमक भएर ७ मन्त्रालय मागेपछि बैठकमा निकै चर्काचर्की भएको श्रोतले जनाएको छ ।

Views: