d

ओलीले एमालेलाई मृत अवस्थामा पुर्याए : माधव नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए ।  ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए । 

 

आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे ।  उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप टिप्पणी गरे । 

Views: