d

क्षतिपुर्ती नदिएको भन्दै वडा अध्यक्ष माथि किसानको आक्रोश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पुष्प आर जे 

झापा:  गत वर्ष नेक ब्लास्ट नामक किटाणुका कारण चैते धानमा नोक्सानी बेहोरेका गौरादह वडा न. ८ का किसानले अझै क्षतिपुर्ती पाउने सकेका छैनन्।  अचानक फैलिएको उक्त रोगबाट गम्भीर नोक्सानीको सामाना गरेका किसानलाई वडा कार्यलयले वेवास्ता गरेको पाइएको हो।

 जनप्रतिनिधि र गौरादह कृषि शाखाबाट अवलोकन गरेर क्षतिपुर्तीको लागि निवेदन सम्म माग गरिएका किसानले अहिले सम्म राहत नपाउदा चिन्तित बनेका छन्।  

आफैंले  निवेदन दिन माग गरेका वडा अध्यक्षले  लामो समय बितिसक्दा पनि कुनै पहल नगरेको स्थानिय किसानले आरोप लगाएका हुन्। 

 'अनुदानको पोको ल्याउने गोप्य खेलमा प्रयोग त गरिएन ?' भन्ने प्रश्न किसानमाझ सुनिन थालेको छ।  

नाम उल्लेख नगर्ने सर्तमा एक किसानले भने, 'हामीलाई सहयोग गछौं भन्दै आएका वडा अध्यक्ष र कृषि शाखाको टोली ६ महिना बिति सक्दापनि फर्केर आएन।  किसान बाट संकलित नेस्ट ब्लास्ट रोगको डाटा अनुदान लिएर खानको लागि प्रयोग त गरिएन ?'

नेक ब्लास्ट रोगको प्रकोप भएका जिल्लाहरु मा संघिय सरकारले अनुदान पठाउने गरिको सुचना समेत सार्वजनिक हुँदा समेत गौरादह ८ का किसानले भने कुनै क्षतिपुर्ती नपाउनु आश्चर्यजनक रुपमा लिएको छ।  

त्यसो त कुनै पनि प्राकृतिक विपत्तीमा वडा न ८ का किसानले राज्य बाट सहयोग प्राप्त गर्न सकेको देखिदैन।  

नेक ब्लास्ट रोग बाट पिडित हुँदै गर्दा  गत बैसाख २ गते राति आएको असिना सहितको हावाहुरीले कयौंको घरको टिन उडायो, पाक्न लागेको मकै र गहुँ लगायतको बालीनालिलाई गम्भिरअसर पुर्यायो। 

क्षती भएको भोलिपल्टै प्राविधिक टोली लिएर पुन: किसानको घर घर पुगे।  तर बदलामा किसानले केहि पाएनन्। 

तथ्यांक संकलन गरेको केहि दिन पछि वडा कार्यालयले अनिवार्य रुपमा निवेदन भनेको बताइन्छ।  

'हामीलाई आश्वासन दिदै वडा अध्यक्षले निवेदन दिनुहोस भन्नु तर हतार हतार निवेदन पेश गरेका किसानहरुलाई जिल्ला मात्र पारियो।', एक किसानले पिडा सुनाए।  


'मेरो घरको टिनमा क्षति भयो साथै बालिनालिमा समेत असर पुग्यो। मैले नि निबेदन दिएको हो। फोन गरेर सोध्दा कुनै सन्तुष्टि हुने जवाफ आएन।'

वडा कार्यालय प्रति वडाबासीले गरेका दर्जनौ गुनासा कार्यालयको घर्रामै थुनिएर बसेको स्थानियले वारम्वार गुनासो गर्दा समेत वडा कार्यालयलाई भने कुनै चिन्ता नभएकै हो त ? स्थानियले आजित हुँदै प्रश्न गर्न थालेका छन्।  

उसो त वडा अध्यक्ष कहिलेकाही आफैं पिडित भएको स्टाटस पोस्ट गर्न बाध्य देखिन्छन्, वडा न ८ को बजेट कटौती गरिएको विषयमा पहुँच पुग्नेले अन्यत्रै लाने गरेको आसय सहितको स्टाटस पोस्ट गरका वडा अध्यक्ष पोख्रेल ष्टाटस कै कारण निकै बिबादित समेत बनेका थिए।  

Views: