d

निर्वाचन आयोग र सभामुखविरुद्ध आजै मुद्दा दर्ता गर्ने एमालेको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : नेकपा ( एमाले) ले निर्वाचन आयोग र सभामुखविरुद्ध आज नै मुद्धा दर्ता गर्ने तयारी गरेको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको र सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले मुद्धा दर्ता गर्न बुधबार सर्वोच्च अदालत जाने भएको हो ।

आज निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालत जान लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोग र सभामुख सापकोटा विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भएको उनले बताए । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो।

तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा ( एकीकृत समाजवादी ) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।

Views: