d

प्रदेश १का १० एमाले सांसदले रोजे एकीकृत समाजवादी,  मुख्यमन्त्री आचार्य अल्पमतमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर : प्रदेश १ मा नेकपा एमालेबाट १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा उनिहरुले सनाखत गरेका हुन् ।

नयाँ पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् । उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन्। सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेको बताए । १० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले अब विश्वासको मत लिनुपर्ने भएको छ । ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । १० जनाले नयाँ दल रोजे ४१ सांसद हुनेछन् ।

Views: