d

झलनाथ खनाललाई उपचार खर्च दिएको बारे सर्वोच्चले माग्यो लिखित जवाफ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचारको खर्च दिने सरकारको निर्णयबारे कारणसहित लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधवार सरकारका नाममा कारण देखाउ आदेश जारी १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । पूर्वप्रधानमन्त्री खनाललाई विदेशमा गरिएको उपचारको खर्च राज्य कोषबाट उपलब्ध गराउनु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने उल्लेख गर्दै सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा यही भदौ १३ गते रिट निवदेन दायर गरेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतमा मिर्गौला प्रत्यारोपण गर्न उपचारका लागि ३१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमार्फत दिल्लीमा रहेकाे नेपाली दूतावासले खनालको उपचारमा लागेको रकम भुक्तानी दिएको थियो । 

पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि गएकाे असार २ गते भारतको नयाँ दिल्ली गइ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । मिर्गौला सफल प्रत्यारोपण गरी उनि केहि दिन अघि स्वदेश फर्किएका छन्। 

Views: