d

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने भएको छ।

बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरी कोरोनाले रोकिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ। बोर्डले परीक्षा गत साउन ३१ गते सुरू गर्ने गरी तालिकासमेत सार्वजनिक गरिसकेको थियो।

Views: