d

नेप्से परिसूचकमा  सामान्य सुधार, कारोबार रकम भने घट्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से, यस दिन झिनो अंकले बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

यस दिन कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको थियो। यस दिन बजारमा देखिएको झिनो सुधारलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका गरिएको छ। यस दिन भोल्युमले साथ नदिएका कारण बजारको वृद्धि कमजोर मानिएको उनीहरुको भनाइ छ।

यस दिन नेप्से बढेपनि भोल्युम भने घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्बको शेयर कारोबार भएको छ। यस दिन २२६ कम्पनीको १ लाख ४ हजार ३४२ पटकको कारोबारमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मेरो लगानी।  

Views: