d

अमेरिकाकाे न्यु याेर्क र न्यु जर्सीमा बाढीका कारण ९ को ज्यान गयो, आपत्काल घाेषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन्।  

Image: ABC News

न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्च  आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ । 

आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।   

न्यु योर्क र न्यु जर्सीमा केही विमान र रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ । 

अमेरिका अचानक परिवर्तन भएको यस मौसमको कारण समुद्री आँधी 'इडा' भएको बताइएको छ ।   

न्यु योर्कको एनबीसी समाचार संस्थाले न्यु जर्सीमा कम्तीमा एक जनाको ज्यान गएको जनाएको छ । त्यस्तै न्यु योर्क सिटीमा सात जनाको ज्यान गएको एनबीसी र एएफपीले बताएका छन् । न्यु योर्कमा केही व्यक्ति घरको तल्लो तलामा फसेका बताइएको छ ।  उज्यालो अनलाइनको सहयोगमा।  

Views: