d

हतारमा बिद्यालय खेल्दा संक्रमण बढे के गर्ने - मेयर शाक्य 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको मेयर अटाएका छन्।  स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाण्डाै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको काठमाण्डाै शाक्यले बताएका हुन्।  

 ‘काठमाण्डाै उपत्यकाका अन्य पालिकाजस्तो महानगर होइन, यहाँ विद्यार्थीको सङ्ख्या धेरै छ, उनीहरूलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।’, शाक्यले भने।  

विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुअघि छलफल गर्नुपर्छ, शाक्यको भनाइ छ।  


जिल्ला प्रशासन कार्यालयले हिजाे बुधवार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही पालिकाहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

कोभिड–१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गएकाे वैशाख १६ गतेदेखि दोस्रो पटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो । 

Views: