d

भारतमा बिद्यालय संचालन गर्दा निम्तियो भयावह चुनौती 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नयाँदिल्ली: भारतमा कोभिड १९ डेल्टा भेरियन्ट संक्रमण दर हालसम्मकै उच्च रहेको बताइएको छ । बिहीबार सार्वजनिक रिपोर्ट अनुसार दुई महिनाको अन्तरालमा भारतमा कोरोना संक्रमित दर उकालो लाग्दै गएको बताइएको छ ।

चाडपर्व र विद्यालयहरु सञ्चालन गरेकोले केरला प्रदेशमा संक्रमण दर तिब्र रुपमा फैलिएको र देशभर संक्रमण फैलन सक्ने चिन्ता भारत सरकारले गरेको छ ।

केरला प्रदेशका स्वास्थ्यमन्त्री मंशुख मन्दभियाका अनुसार केरला प्रदेशमा मात्र पछिल्लो हप्ता मात्र ७० प्रतिशत नयाँ संक्रमित थपिएको र बिहीबार नयाँ संक्रमितको संख्या ४७ हजारभन्दा बढी पुगेका छन् ।

यो संख्या पछिल्लो दुई महिनायताकै उच्च रहेको बताउँदै उनले भारत सरकारलाई कोरोना प्रभावित क्षेत्रमा चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

‘भारत सरकारले केरलाका अति प्रभावित जिल्लाहरुमा चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउनु पर्छ । हैन भने संक्रमण देशभर तिब्र रुपमा फैलिने सम्भावना उच्च छ’ स्वास्थ्यमन्त्री मंशुख मन्दभियाले भने ।

भारतमा हाल ३ करोड २९ लाख संक्रमित रहेको बताइएको छ । अमेरिकापछि संसारमा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा रहेको बताइएको छ । भारतमा डेल्टा भेरियन्टबाट बिहीबार ५०९ को मृत्यु भएको बताइएको छ । अन्नपुर्ण। 

file image

Views: