d

झलनाथ खनाल भेट्न खनाल निवास पुगे प्रम देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्। प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
    
प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।  

Views: