d

अफगानिस्तानबाट अहिलेसम्म आठ सय ६० जनाकाे उद्धार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम चलिरहेकाे जनाउँदै सरकारले त्यहाँबाट हिजाे बिहीवार राति दुई र आज एक जना काठमाण्डाै आइपुगेको बताएको छ ।

 

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । 

 

अफगानिस्तानबाट अहिलेसम्म आठ सय ६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

 

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ । 

Views: