d

डब्लुएचओ महानिर्देशक डा. टेड्रोस नेपाल आउँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेससहितका उच्च पदाधिकारी आगामी साता नेपाल आउने भएका छन् ।


भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकमा भाग लिन टेड्रोससहितका पदाधिकारी काठमाडौं आउन लागेका हुन् ।


डब्लुएचओको दक्षिण पूर्वी एसिया कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त बैठकमा क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, राष्ट्रसंघीय साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाएको छ । बैठकमा विद्यमान कोभिड महामारी तथा स्वास्थ्य सर्वव्यापी पहुँच हासिल गर्नको लागि अत्यावश्यक सेवाहरुको अझ राम्रो पुननिर्माणका उपायहरुबारे छलफल हुने जनाइएको छ ।

Views: