d

कुन पदमा उठ्दै छन् प्रवक्ता शर्मा ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै उम्मेदवारी घोषणा गर्ने संकेत गरेका छन् ।


पार्टीको वडा अधिवेशन सुरु भएको दिन शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् चाँडै उम्मेदवारी घोषणा गर्ने संकेत गरेका हुन् ।


प्रवक्ता शर्माले वडा अधिवेशनमा प्रतिष्पर्धाका लागि उत्रिएका सबै उम्मेदवारलाई शुभकामना दिँदै चाँडै नै आफू पनि मैदानमा आउने बताएका छन् । ‘उम्मेदवारी घोषणा कहिले? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ उनले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ । वडा अधिवेशन सुरु भएको आजको दिन सवै उम्मेदवारलाई शुभकामना । चाँडै नै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु ।’

 

प्रवक्ता शर्माले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने आकांक्षा राखेको उनी निकट नेताहरुले बताएका छन् । तर शर्माले आफू कुन पदमा उम्मेदवारी दिने त्यसको खुलासा गरेका छैनन् ।
यसअघि उपसभापति विमलेन्द्र निधि, नेताहरु गोपालमान श्रेष्ठ र कल्याण गुरुङले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यस्तै नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन् ।

Image: My Republica

Views: