d

चट्याङ लागेर सातजना बेहोस, एकदर्जन घरमा क्षति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गकाले गर्दा सात जना जना बेहोस भएका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।
चट्याङ्गलागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ ।
चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको छ ।
चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेका छन्।

Views: