d

संघीय लिम्बुवान कार्यकर्ताद्वारा बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्ष तोडफोड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरानमा लिम्बुवान कार्यकर्ताले विपि प्रतिष्ठामा ताडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका हुन् । उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाउँदै उनीहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्न माग गरेका छन्।

विपी प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरु भौतिक हस्तक्षेपमा उत्रिएका छन्। एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछि दुईदिनदेखि बिपीको ओपिडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प छ।

Views: