d

मानब भएर जन्मिए पछी आफ्ना लागी भन्दा अरुका लागी बाच्न सिकौं समाज सेवि : सुनिता गुरुङ !

Views:
Responsive Image Gallery
Responsive Image Gallery

समाजसेवाको अर्को नाम सुनिता गुरुङ हो। भोजपुरमा जन्मिएर बिगत १५ साल देखी इजरायलमा कार्यरत रहेकी सुनिता गुरुङ लामो समय देखी समाज सेवामा सक्रिय छन !

सहयोगी, मिलनसार तथा मिहिनेती स्वभाव रहेकी गुरुङले पन्ध्र   वर्षे  आफ्नो प्रवासी जीवनमा तिस लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग तथा सत्तरी लाख बढी संयोजन गरि   गरि समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेकी छन् । 

   
समाजसेवि गुरुङले प्रवासमा रहेर आफुले कमाई बचाएर  नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दुखमा परेका नेपाली लाइ निरन्तर सहयोग गर्दै आएकी  छन !

समाजसेवामा रुचि भएकी सुनिता आफ्ना लागी हैन अरुका लागी बाच्न सिकौं भन्ने उदेश्यका साथ समाज सेवामा लागेकी हुन प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाई खर्चिदै आएकी हुन् । 


आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी  गुरुङले आफुले अध्ययन गरेको धरान स्थित श्री शिक्षा सदन मा.बिको  भवन निर्माण निर्माणका लागि पच्चिस हजार,नमुना अध्ययन घर कैलालीमा  अक्षकोष  कोषलाई पच्चिस हजार ,!

मोरङको बेलवारि स्थित सुकुम्बासी बस्तिका पिडित बच्चा हरु लाई २० हजार,नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागी स्वास्थ्य सामग्री पठाउन सहयोगको लागी पचास हजार, सिन्धुपाल्चोक बाढी पीडितलाइ पचास हजार , पत्रकार रबि लामिछानेको पहलमा संचालित जन मैत्री हस्पिटललाइ बिस हजार,सहयोग गरेकि छन !

समाजसेवि गुरुङकै ब्यक्तिगत सहयोगमा कैलालीको  सुकुम्बासी बस्तीमा रु ५० हजार बराबरको २ चर्पी निर्माण समेत गरेकी  छन !


हाम्रो टिम नेपाल द्वारा संचालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागी ५लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन !त्यस्तै पत्रकार राजन नेपाल द्वारा निर्मित हस्पिटल बीस  हजार ,

  अतरिया बाल गृहको लाग 
५० हजार बराबरको सामग्री सहयोग, बन्दको बेला खाना बाट बन्चित कैलालिका मजदुरलाइ खाना खुवाउन  २०हजार ,सहयोग गरेकि छन !

पछील्लो समय एन आर एन ए इजरायलको बर्तमान  उपाध्यक्ष समेत रहेकि सुनिता को बिचारमा  जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी रहेको ऊनी बताउछिन।

Views: