d

आईफोन १३ आउँदो साता सार्वजनिक हुने, यस्तो छ फिचर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आईफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ ।

एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो।
नयाँ सिरिजको फोनको नाम आईफोन १३ हुने अनुमान गरिएको छ । आईफोनको आधिकारिक घोषणामा भने फोनको कुनै नाम दिइएको छैन ।

नयाँ सिरिजका फोनहरू आईफोन १२ कै साइजमा आउने र धेरैजसो फिचरहरू एन्ड्रोइड फोनको जस्तै हुने पनि अनुमान गरिएको छ ।

त्यसैगरी नयाँ फोनमा हाई रिफ्रेस रेटसहित सानो डिस्प्ले नच र थप परिस्कृत क्यामेरा हुने बताइएको छ । नयाँ आईफोनको सार्वजनिक मिति घोषणा भएसँगै कम्पनीले आईओएस १५ पनि चाँडै सार्वजनिक गर्ने संकेत पनि देखिएको छ ।
एप्पलको पाइपलाइनमा भएको नयाँ डिभाइसहरूमा एप्पल वाचको सिरिच ७, इयरपड प्रो, म्याकबुक प्रो रहेका छन्, जुन डिजाइनदेखि फिचरसम्म थप विकसित भएर आउने बताइएको छ ।

Views: