d

संखुवासभामा हत्या काण्ड:- मृतकको दाहसंस्कार इटहरीमा गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा बिभस्त हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको शव  सुनसरीको इटहरीमा दाहसंस्कार गरिने भएकोमा छ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा अन्त्येष्टि गरिने मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए । उनका अनुसार अन्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् ।

मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Views: