d

गौरादह कांग्रेसमा चुनावी तरंग, यादव र कोइरालामा कसको पल्लाभारी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली काङ्ग्रेसको गौरादह नगर सभापतिमा गोपाल कोइराला र यादव सेढाईले उम्मेदवारी दिएका छन् । आसन्न १४ औं महाधिवेशनको सिलसिलामा  हुनगईरहेको नगरसमितिको नयाँ नेतृत्वको लागि कोइराला र सेढाईले आफ्नो दावी प्रस्तुत गरेका हुन् । 

कोइराला संगै वर्तमान नगर सभापति यादव सेढाईको समेत उम्मेदवारी परेको पार्टी निकट श्रोतले जानकारी गराएको छ । 

गौरादह नगर समितिले आगामी भाद्र २७ गते नगर अधिवेशन गर्दैछ । 

आगामी स्थानीय निर्वाचनमा उम्मेदवारी छनौट गर्न समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने भएकोले पनि नगर नेतृत्वलाई निकै महत्वकासाथ हेरिएको छ ।

वडा लगायतका अन्य पदहरुमा प्रायः सर्वसम्मत नै भएतापनी नगर सभापतिमा भने कडा प्रतिस्पर्धा देखिएको बताइएको छ । 

सभापतिको उम्मेदवारी दिएका कोइराला र सेढाई मध्ये कार्यकर्ताले कसलाई रोज्लान त भन्ने विषयमा व्यापक चर्चा परिचर्चा हुन थालेको छ ।

 स्पष्टवक्ताको रूपमा परिचीत सेढाईलाई टक्कर दिदै कोइरालाले उम्मेदवारी दिएपछि मतदाता माझ गम्भीर धर्म संकट आएको र पार्टीमा दुबै नेताको आवश्यकता बराबर रहेको समेत बताइन्छ ।   

नम्रता, शिष्टता, धैर्यवान र बौद्धिक व्यक्तित्वको रूपमा कोइरालालाई लिइन्छ भने संगठन निर्माण र कार्यकर्तालाई उत्साह थप्ने सन्दर्भमा कार्यकर्ताले सेढाईको नाम समेत प्राथमिकताका साथ लिने गर्दछ्न् ।

गौरादहमा चरम भ्रष्टाचार मौलाएको भन्दै सेढाईले बेला बेला निकै कडा शब्दमा प्रहार हान्ने  गरेका छन् । आफ्नै पार्टीका जनप्रतिनिधिले समेत संतोषजनक कार्य गर्न सकेनन् भन्न पछी नपर्ने सेढाईलाई खरो, तार्किक र मिजासिला नेताको रूपमा समेत लिइन्छ । त्यसो त सेढाईको तुलनामा कोइराला पनि कम छैनन् । निकै गम्भीर स्वाभाव भएका नेताको उपाधी पाएका कोइरालाको सम्बन्ध पार्टीको माथिल्लो तहसम्म रहेको उनी निकट कार्यकर्ताले बताउने गरेका छन् । बौद्धिक क्षमता भएको र नेतृत्वमा देखापर्न सक्ने बाधा/ चुनौतीलाई चतुरता पुर्वक समाधान गर्न सक्ने खप्पिस खेलाडीको  रूपमा कोइरालाको चर्चा छ । 

केही समय अगाडी वर्तमान नगरसमितीका उपसभापति कुन्दन गिरिले समेत उम्मेदवारी घोषणा गरेको खबर पर्दाफास बाट एकाएक बाहिरिएको बेला गौरादह कांग्रेस निकै तरंगित भएको थियो । अचानक सभापतिको पदमा दावी गरेका गिरि चुनावी सरगर्मी बढ्दै जादा भने मौन देखिएका छन् । युवाहरु माझ निकै लोकप्रियता पाएका गिरिको मौनताले गर्दा पनि यादव र कोइरालामा कसले बाजि मार्लान त ? पर्ख र हेरको स्थिति देखा परेको छ ।

Views: